शैक्षिक अभियान्ता श्याम कुँवर नेशनल प्याब्सनको केन्द्रिय सदस्य मनोनित

बुधबार, असोज १०, २०८०

नेपालगन्ज । करिब दुई दशक शिक्षण पेशामा बिताएका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुँवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिले केन्द्रिय सदस्यमा मनोनित गरेको हो।केन्द्रिय सदस्यमा मनोनित भएका कुँवरले बिद्यालय र विधार्थीको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताए । गुणस्तरिय शिक्षामा जोड दिदै उनले आफुले सशक्त भुमिका निर्वाह गर्नेमा विश्वास ब्यक्त गरे ।

उनले आफू नेशनल प्याब्सन बाँकेको अध्यक्ष रहदा पनि नियमित रुपमा जिल्लादेखि केन्द्रसम्म गुणस्तरिय शिक्षाका लागि पहल कदमी गरेका थिए । यसका लागि विभिन्न चुनौतिहरुलाई झेल्दै शैक्षिक बातावरण सहज बनाउन उनले खेलेको भुमिकालाई मुल्यांकन गरी गरिएको यो निर्णयमा कुँवरले खुसी ब्यक्त गरेका छन् ।

 
कुवर  विक्रम संवत् २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत छन्  । उनी हाल  बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय बिद्या निकेतन संचालकको रुपमा समेत कार्यरत छन्  ।

कक्षा ११ सम्म संचालित बिद्यालयमा १२ सय बिद्यार्थि अध्ययनरत छन । उनी जिवनको सम्पुर्ण समय शिक्षा क्षेत्रमा नै खर्चनै सोचमा छन्   ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २३:०५
प्रतिक्रिया दिनुहोस्