यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ। आज  नेपाल भारतसँग पेनाल्टीमा पराजित भएको हो। 

दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल पेनाल्टीमा ३-२ गोलअन्तरले पराजित भएको हो । 

पेनाल्टी शुटमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।

त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।

यसअघि खेलको निर्धारित समयसम्मको खेल १-१ गोलको बराबरी सकिएपछि खेल पेनाल्टीमा पुगेको हो।

भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल यही शनिबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्