एमाले बागमतीको अध्यक्षमा ढुंगेल र दाहालको उम्मेदवारी

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज  पार्टीको मुख्य कार्यालय विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ ।

अध्यक्ष ओलीले ढुंगेललाई च्यापेर सर्वसम्मत अध्यक्ष गराउन खोजेपछी गोकुल बास्कोटाले समेत आपत्ति जनाएका थिए।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्