आन्दोलनरत राहत शिक्षकमाथि प्रहरीको लछारपछार

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

आन्दोलनरत राहत शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको असहमति राख्दै आज गरेको  प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

शिक्षकहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको छ ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै  उनीहरुले आन्दोलन जारी रहने बताएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्