काठमाडौंमा राहत शिक्षकको आन्दोलन आज पनि जारी

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राखेका छन् ।

राहत शिक्षकहरुले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा असन्तुष्ट शिक्षकहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै  उनीहरुले आन्दोलन जारी रहने बताएका छन् ।

राहत शिक्षकहरू विरोध प्रदर्शन आज चौथो दिन हो। राहत शिक्षकद्वारा माइतीघर अवरोध पछि प्रहरीसङ्ग सामान्य मुठभेड भएको छ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्