नेपालले मंगोलियाविरुद्द बनायो क्रितिमानी स्कोर, २० ओभरमा ३१४ रन

बुधबार, असोज १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एसियन गेम्स अन्तर्गतको  टी–२०  क्रिकेटमा नेपालले मंगोलियालाई विशाल ३१५ रनको लक्ष्य दिएको छ।

नेपालका अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शनले  नेपालले मंगोलियालाई २० ओभरमा ३ विकेट गुमाउँदै ३१५ रनको लक्ष्य दिएको हो।

नेपालका मल्लले  नट आउट रहदै ५० मा  १३७  रन बनाएका छन् । उनले १२ छक्का र ८ चौका प्रहार गरेका छन् । मल्लले ३४ बलमा शतक प्रहार गर्दै विश्व क्रीतिमान समेत बनाएका छन् ।

त्यस्तै क्प्तान रोहित पौडेलले २७ बलमा ६१ र दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन प्रहार गरेका छन् । 

नेपालले टी-२० कै इतिहासमा सर्वाधिक रन बनाएको छ।  यसअघि अफगानिस्तानले आयरल्याण्ड र चेक रिपब्लिकले टर्कीविरुद्द बनाएको २७८ रनको रेकर्ड भत्काउदै नेपालले नयाँ रेकर्ड बनाएको हो।

यस्तो छ स्कोर-

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्