बाँके कांग्रेस प्रवक्ता गिरीलाई पितृशोक

मंगलबार, असोज ९, २०८०

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीलाई पितृ शोक परेको छ। 

राप्तीसोनारी-२ बाँके निवासी प्रबक्ता गिरीका  ८० बर्षीय बुवा रामु गिरीको आज बिहान निधन भएको नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार नवीन गिरीले जानकारी दिएका छन् ।

लामो समयदेखि दमका बिरामी भएपनि स्वस्थ रह्दै आएका रामु गिरीको एक्कासी घरमै निधन भएको हो।

मिनेटखबर डटकम मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्