कांग्रेस संसदीय दलको बैठक बस्दै

मंगलबार, असोज ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने  बैठकमा कांग्रेसका संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्यहरुको बैठक बस्ने भएको हो।

कांग्रेसले प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।

उक्त बैठकमा सांसद, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्