कोशी सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त

सोमबार, असोज ८, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि नै कोशी सरकारमा खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोलाई  मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पाँच कर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आज नियुक्त भएका मन्त्रीहरुसँगै कोशीमा ९ सदस्यीय मन्त्रीमण्डल भएको छ।

यस्तो छ मन्त्रीहरुको नामावली -

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्