साफ यू-१९ फुटबलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

सोमबार, असोज ८, २०८०

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । 

दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा भारत वा भुटानसँग खेल्नेछ।

नेपालका लागि  प्रशान्त लक्समले १६ औं  मिनेट, समीर तामाङले २९ र ९२ औं मिनेटमा  र निराजन धामीले ८८ औं मिनेटमा गोल गरेका हुन् भने माल्दिभ्सले नेपालविरुद्द ५७ औं मिनेटमा गोल गरेको थियो।

उक्त खेलमा नेपाल र माल्दिभ्सका एक-एक जना खेलाडीले रातो कार्ड पाएका थिए।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्