राहत शिक्षकहरु बानेश्वरको सडकमै सुते...

सोमबार, असोज ८, २०८०

काठमाडौं । राहत शिक्षकहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।  बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका

राहत  र पेन्सन वञ्चितबाट बन्चित बनेका शिक्षकहरुले आज पनि आन्दोलनलाई जारी राख्दै नयाँ बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनरत राहत शिक्षकहरुले शिक्षा विधेयक र  नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध स्वरुप आन्दोलन जारी राखेका छन् ।

उक्त सहमतिमा राहत शिक्षकहरुको माग सम्बोधन नगरिएको कारण सम्पूर्ण राहत शिक्षकहरुले स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी नै राख्ने जानकारी गराएका छन्।

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्