बाँकेमा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप

सोमबार, असोज ८, २०८०

नेपालगञ्ज । बाँकेमा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय बाँकले जिल्लाका ६ वटा पालिकामा आजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको  हो।

स्थानीय तहले तोकेका स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १२ वर्षदेखि माथिका नागरिकहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोपको पहिलो र दोस्रो तथा बुस्टरको पहिलो र दोस्रो सबै मात्रा प्रदान गरिनेछ । बुस्टरको दोस्रो मात्रा लगाउन पहिलो बुस्टर लगाएको ६ महिना पुगेको हुनुपर्दछ।

खोप लिनुपर्ने १२ वर्ष माथिका सबै नागरिकहरुलाई सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा गई सेवा लिन स्वास्थ्य कार्यालयले अनुरोध पनि गरेको छ । तीन दिनसम्म खोप लगाइनेछ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्