सल्यान जिप दुर्घटना अपडेट : दुबै मृतकको पहिचान

सोमबार, असोज ८, २०८०
Neuro hospital Nepalgunj

तुलसीपुर । तरकारी बोकेर रोल्पाबाट दाङ जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको पहिचान खुलेको छ।

सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै आज बिहान सवा ६ बजे दाङ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप दुर्घटना हुँदा  घटनास्थलमै दुई जनाको  मृत्यु भएको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका-१८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् ।

मृतक बुढा जिप मालिक हुन् भने अर्का घर्ती चालक हुन् । दुर्घटनामा तुलसीपुरका३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्