सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
जनकपुर। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम पुगेर मन्दिरमा विशेष पूजाअर्चना गरेकाराष्ट्रपति पौडेलले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।
उनलाई जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गरेका थिए ।
आधा घण्टा जानकी मन्दिरमा बिताएका राष्ट्रपति पौडेलले जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण गरेका थिए ।
आहिले जनकपुरधामबाट राष्ट्रपति बाहिरिएका छन् । अब महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिलाई स्वागत गर्न जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुख पुगेका थिए ।