अविरल वर्षाले धनगढी बजार डुबानमा

सोमबार, असोज ८, २०८०

कैलाली । कैलाली सदरमुकाम धनगढी डुबानमा परेको छ। अविरल वर्षाका कारण धनगढी बजार नै  डुबानमा परेको हो । 

वर्षाले बजार मात्रै नभई त्यहाको सेती प्रादेशिक अस्पताल पनि डुबानमा परेको छ।

अविरल वर्षाले अस्पतालको वार्डमा  समेत पानी पसेर जलमग्न भएको छ ।

वार्डमै पानी पसेपछि अस्पतालले बिरामीलाई दिने सेवामा समेत प्रभावित बनेको जिल्ला प्रहरी कैलालीले जानकारी दिएको छ। 

धनगढीमा गए रातिदेखि परेको अविरल वर्षाले बजार क्षेत्रका धेरैजसो स्थानहरु डुबानमा परेका छन् । 

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्