प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी छ्याङसँग भेट गर्दै

सोमबार, असोज ८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चीन भ्रमणमा छन् । त्यहा पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई समेत भेट गरिसकेका छन् ।

आज प्रधानमन्त्रीले आज चिनियाँ समकक्षीसँग भेट वार्ता गर्दैछन् । प्रचण्ड र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०:५५ मा भेटवार्ता हुन लागेको हो । प्रचण्डको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गर्नेछन् ।

त्यसअघि प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन् । 

भेटवार्ताका लागि प्रचण्ड ग्रेटहल अफ दि पिपलमा पुगेका छन् । प्रचण्डलाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ । 

नेपाल-चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्