१३ वर्षीया बालिका बलात्कारको आरोपमा ४ जना पक्राउ

आइतबार, असोज ७, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १९ वर्षका महेन्द्र सार्की रहेका छन् । उनीसँगै पक्राउ परेका अन्य ३ जना भने १५ र १६ वर्षका छन् । उनीहरु सबै पञ्चपुरीकै रहेका प्रहरीले जनाएको छ ।

बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकालाई ४ जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

४ जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताए । बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्