"सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं तर आशावादी छौं" : कप्तान रोहित पौडेल

आइतबार, असोज ७, २०८०

काठमाडौं । एसियन गेम्सका लागि चीन जाँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाउन नसकेको बताएका छन् ।

एसियाली गेममा भाग लिन चीन उड्नुअघि आज काठमाडौँमा बिदाइ कार्यक्रमपछि कप्तान रोहितकुमार पौडेलले सो कुरा बताएका हुन् । 

कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । 

उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्