सरकामा बस्नु र गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन: प्रदीप पौडेल

आइतबार, असोज ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं।  देशको आर्थिक स्थिति डामाडोल रहेको लगायत युवा बिदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैङ्कमा पैसा भए पनि बजारमा नआएको आदि विषयमा छलफल गरी दृष्टिकोण निर्माण गर्न केन्द्रीय समितिमा   नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद प्रदीप पौडेलले सभापतिको ध्यानाकर्षण गरेका छन्।   

मङ्सिरमा हुने कांग्रेसको नीति अधिवेशनले आशाको सञ्चार गर्नुपर्ने उनले बताए। ‘१६ औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ हामीले त्यसबारे छलफल गर्नुपर्छ,’ उनले भने, ‘युवा बिदेसिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैङ्कमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ।’

उनले सरकामा बस्नु र गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको भन्दै सभापतिले प्रधानमन्त्रीलाई काम गर्न आग्रह गर्नु पर्ने बताएका हुन् । उनले भने ु सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो(यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो। गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन।’ 

‘३५ प्रतिशत सटरहरू आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्न सक्नुपर्‍यो ।’

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरू मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धि भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’

पौडेलले भ्रातृ संस्थाको अधिवेशनमा आशङ्का राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् । उनले भने - ‘एक हजारको कमिटी बनाएर अधिवेशन सम्भव हुनसक्छरु’ उनले सभापतिसँग सोधे,‘उनीहरू अधिवेशनका प्रतिनिधि हुन्छन् कि पर्यवेक्षक हुन्छन् कि, छेउ किनारामा बसेर टुलुटुलु हेरेर बस्ने हुन्छन्’।

कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्