सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज सुनुवाइ हुँदैछ ।
नाबालिग बलात्कार अभियोग लागेका लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।
लेग स्पिनर लामिछानेमाथि गत वर्षको भदौ २१ गते नाबालिग करणीको मुद्दा दर्ता भएको थियो। भदौ २३ गते नै काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
यसअघि सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन । आज लामिछाने एसियाली खेलकुदका लागि चीन जाँदै गरेको नेपाली राष्ट्रिय टोलीसँग जान पाउने छैनन्।