चिनियाँ राष्ट्रपतिलाई भेटेपछि आज बेइजिङ जाँदै प्रधानमन्त्री प्रचण्ड

आइतबार, असोज ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा छन् । प्रचण्ड आज  नेपाल-चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्न चीनको राजधानी शहर बेइजिङ जाँदैछन् ।  उनी  बिहान ११:१० बजे त्यहाँ जानेछन् । 

त्यहाँ उनले नेपाल-चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी-व्यवसायी सहभागी रहने जनाइएको छ ।

आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । 

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रचण्ड न्यूयोर्कबाट नै चीन  पुगेका हुन् ।  प्रचण्डको भ्रमण दलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि छन् ।

शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उन सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका थिए। शनिबारै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्  । उनीहरूबीचको सो वार्तामा द्विपक्षीय हित र चासोका साथै नेपाल-चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

त्यसैगरी शनिबारै हाङ्चाउमा नै प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी भएका थिए । त्यसैगरी शनिबारै प्रचण्ड सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्