बाँकेको जानकीमा भीषण आगलागी

सोमबार, असार २५, २०८०

नेपालगन्ज । बाँकेको जानकीमा भीषण आगलागी भएको छ ।जानकी गाउँपालिका वडा नम्बर ५ गुरुवा गाउँमा आज बिहान करिब साढे १० बजेतिर स्थानीय शंकर काँदुको घरमा आगलागी भएको हो ।

नेपाल प्रहरी, बारुण यन्त्र तथा स्थानीयको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ । विद्युत सट भएर आगलागी भएको अनुमान गरे पनि थप यकिन भने हुन सकेको छैन ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा भाडाकुडा जलेर नष्ट भएको र घरको छतमा ठूलो क्षति पुगेको छ । आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भएपनि कुनै मानवीय क्षति भने हुन नपाएको अध्यक्ष वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकारी दिए । करिब दुई लाख क्षती भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्