नेपाल युवा उद्यमी मञ्च नेपालगन्जको अध्यक्षमा डा. नितेश कनोडिया

शनिबार, असोज ६, २०८०

नेपालगन्ज । डा.नितेश कुमार कनोडिया नेपाल युवा उद्यमी मञ्च नेपालगन्जको अध्यक्ष चयन भएका छन् ।

नेपालगन्जमा नेपाल युवा उद्यमी मञ्चको १३ औं शाखा गठनसँगै नेपालगन्ज मेडिकल कलेजका सह-निर्देशक नितेशको नेतृत्वमा कमिटी गठन भएको हो।

डा. नितेशको अध्यक्षतामा रहेको नेपालगन्ज शाखामा २७ जना सदस्य छन् भने कार्य भने ११ सदस्यीय रहेको छ ।

लुम्बिनी प्रदेशमा रुपन्देहीपछि यो दोस्रो शाखा हो। यो भन्दा अघि नेपालमा १२ शाखा स्थापना भइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्