नेपाल क्रिकेट संघको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

शनिबार, असोज ६, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपालका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्व कप्तान खड्का   निर्वाचित भएका हुन् ।

खड्काले कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्