नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

शनिबार, असोज ६, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्। आज बिहान संघको अध्यक्ष पदमा चन्द निर्विरोध  निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । उपाध्यक्षमा रोसन सिंह पनि निर्विरोध निर्वाचित भएका छन्  भने   कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।  

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ  । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ । 

सचिवमा पारस खड्का  र प्रशान्त विक्रम मल्लको उम्मेदवारी परेको छ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्