नेपाल एसियन गेम्सको फुटबलमा भियतनामसँग २-० गोलले पराजित
काठमाडौं । नेपाली महिला फुटबल टोली चीनको हाङझाउमा जारी एसियाली खेलकुदको आफ्नो पहिलो खेलमै पराजित भएको छ।
आज नेपाल भियतनामसँग २-० ले पराजित भएको हो।
भियतनामका लागि फाम हाइ यिनले ५३ औं र बिच थुयाले ६४ औं मिनेटमा गोल गरे । भियतनामले नेपालविरुद्द ११ मिनेटमा २ गोल गरेको हो।
अब नेपालले आफ्नो समूहमा महिला विश्वकपको विश्वविजेता रहिसकेको जापानसहित बंगलादेशसँग खेल्नेछ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० २०:४२
प्रतिक्रिया दिनुहोस्