आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । सरकारले दर्ता गरेको शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ।  

आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको वार्ता दुवै पक्षबीच आन्तरिक छलफलको तयारीका  लागि भन्दै वार्ताको समय सरेको हो । 

अहिले सिंहदरबारमा वार्ता भइरहेको  नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

विभिन्न १८ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्व काठमाडौंमा शिक्षकहरुको आन्दोलन आज तेस्रो दिनमा पनि जारी छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्