अजयबाबु शिवाकोटीले भने-'विमानस्थलमा विदेशीनेको भिड देख्दा आँखा रसाउछ, देश त बनेकै रहेछ'

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा गइरहेको नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् ।

शुक्रवार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा बोल्दै शिवाकोटीले नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको बताएका हुन् ।

उनले देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको भिड दिन दिनै देख्दा आँखा रसाउने गरेको बताए ।  उनले यसरी पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि 'नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?'  भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । 

उनले कार्यसमितिको बैठकमा भनेका छन्  , 'उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला  हामी जुन मनोविज्ञानका साथ अघि बढेका छौ । आज हरेक राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा छ । नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको छ । आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले  १२ कक्षा पाश गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन् । 

विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भिड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् । विमानस्थलको भिड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाई नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?'

उनले पार्टी सञ्चालन पद्धति लाई नयाँ सिराबाट शुरु गर्नुपर्ने बताए । उनले भातृ सङ्गठनमा पदाधिकारी मनोनयन पारदर्शी हुनुपर्ने बताए ।   

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्