आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता केही समयलाई सर्यो

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सारिएको छ । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको हो । 

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरूसँग सरकारले छलफल गर्ने भने पनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो । 

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरू छलफलका लागि सिंहदरबार पुगेका थिए । तर आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग छलफल गरेपछि शिक्षकसँगको वार्ताको समय लम्बिएको हो ।  

दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको बताए । आन्दोलनका लागि भनेर देशभरबाट हजारौं शिक्षकहरु काठमाडौं आएका छन् 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्