गगन थापाले शिक्षक महासंघलाई भने-'संसदबाट विधेयक सच्याउँछौं, आन्दोलन फिर्ता लिनुहोस्'

बिहीबार, असोज ४, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई नेपाली कांग्रेसका महामन्त्री एबम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले  दोस्रो दिनको आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

शिक्षकहरुलाई स्कुल बन्द नगरी आन्दोलनको स्वरुप परिवर्तन गरी फिर्ता लिन महामन्त्री थापाले शिक्षक महासंघलाई आग्रह गरेका  छन् ।

नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे माग राखि असहमति जनाउदै सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने बताउँदै बुधबारदेखि शिक्षकहरुको आन्दोलन सुरु भएको थियो।

आज पनि गृह मन्त्रालयमा शिक्षक र सरकारबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछी आज पनि आन्दोलन जारी छ।

स्कुल बन्द नै गरेर आन्दोलमा लाग्दा शिक्षामा प्रभावित भएको भन्दै महामन्त्री थापाले आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

यस्तो आग्रह गरेका छन् महामन्त्री थापाले-

 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्