आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

बिहीबार, असोज ४, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षकहरुको र  सरकारबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।सरकारले विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग आज बिहान गरेको वार्ता  निष्कर्ष विहीन भएको हो । 

आज बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । 

यससँगै शिक्षकहरूको आज पनि प्रदर्शन गर्ने भएका छन् । आज शिक्षकहरूले बानेश्वरबाट माइतीघरसम्म प्रदर्शन गर्ने भएका छन् । 

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा सहमति नभएपछि गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेका थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्