शनिबारसम्म भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बिहीबार, असोज ४, २०८०

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले    देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ ।  

विभागले हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरूमा सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार पनि कोशी र मधेस प्रदेशका  स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै  स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। 

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह विभागले गरेको छ। 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्