युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेल्धुराबाट ३ युवक पक्राउ

बिहीबार, असोज ४, २०८०
Neuro hospital Nepalgunj

डडेल्धुरा। प्रहरीले डडेल्धुरामाअएक युवतीमाथि सामहिक बलात्कार गर्ने ३ जनालाई पक्राउ गरेको छ।

सामूहिक बलात्कारको आरोपमा पक्राउ पर्नेमा जिल्लाकै भागेश्वर गाउँपालिका-३ का युवकहरु हुन् । प्रहरीका अनुसार बलात्कारमा संलग्न भएको आरोप लागेका अर्का एक १८ वर्षीय युवक फरार छन् । 

पक्राउ परेका ती युवकहरुले स्थानीय २० वर्षीया युवतीमाथि छुट्टाछुट्टै स्थानमा फरक-फरक समयमा   सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

ती युवतीले आफुलाई वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर बलात्कार गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

फरार रहेका एक युवकको खोजी भइरहेको छ भने घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्