नेपाली पुरुष भलिबल टोली एसियन गेम्सबाट बाहिरियो

बुधबार, असोज ३, २०८०

काठमाडौं । नेपाली एसियन गेम्सको पुरुष भलिबलबाट बाहिरिएको छ।

नेपाललाई आज भएको खेलमा इरानले ३-० सेटले पराजित गरेको हो।

नेपाल लगातार दोस्रो खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो। इरानले नेपाललाई २५–९, २५–१४ र २५–१३ ले पराजित गरेको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग  नेपाल ३-१ सेटबाट पराजित भएको थियो।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्