संविधानले दिएको अधिकार केन्द्रले प्रदेशलाई दिन खोजेन: मुख्यमन्त्री चौधरी

बुधबार, असोज ३, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताए ।

आज लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताए। 

यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री चौधरीको छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए ।

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्‍याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शिघ्र कार्यान्वयनमा जानु पर्ने बताए ।

‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,—‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पुर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पुर्ण हुनु पर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गरे ।

उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिबद्धता पूरागर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ, संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ’? उनले भने ‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ।’

अव विकासमा प्रतिस्पर्धा हुनु पर्छ, तव मात्रै संघीयताको महत्व बुझिन्छ । ‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिस्पर्धा हुनुपर्छ’ उनले भने, ‘जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूणर् योग्दान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।’

साथै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशवासी लगायत सम्पुर्ण नेपालीहरुलाई संविधान दिवसको शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्