टुँडिखेलमा मनाइयो संविधान दिवस

बुधबार, असोज ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज संविधान दिवस भव्यताका साथ मनाइएको छ । 

भव्य समारोहका बीच बिहान टुँडिखेलमा सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए। 

त्यस्तै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । 

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । 

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्