'संविधान दिवसको अवसरमा सबैमा शुभकामना'

बुधबार, असोज ३, २०८०

राप्तीसोनारी ( बाँके )। बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले संविधान दिवस २०८० को शुभकामना दिएका छन् ।

अध्यक्ष पौडेलले संविधानमा उल्लेख गरिएको मौलिक हकलाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । 

नेपालको संविधान उत्कृष्ट संविधान भएकाले संविधानको मर्म अनुसार नेपालमा संघीयता संस्थागत भइसकेको र स्थानीय सरकारलाई अधिकार सम्पन्न वनाउनका लागि संविधानको भुमिका अहम भएको अध्यक्ष पौडेलले बताएका छन् । 

संविधानले नै नेपाली जनताको घर-आँगनमा सिंहदरवारको अनुभुति दिलाएको भन्दै देशको  संविधानको विशेष भुमिका रहेको पौडेलले बताएका छन् । 

संविधानको मर्म अनुसारनै अहिले विद्यमान कानुनी जटिलताहरुको समाधान हुने कुरामा विश्वस्त भएको कुरा उल्लेख गर्दै अध्यक्ष पौडेलले संविधान दिवसले सामाजिक न्याय र समतामुलक समाज निर्माणका साथै समाजवाद उन्मुख अर्थव्यवस्था कार्यान्वयनमा सबैलाई बल मिलोस् भन्ने शुभकामना दिएका छन् ।

साथै राप्तीसोनारी गाउँपालिका संविधानकै मर्म अनुरुप अगाडि बढीरहेको बताउँदै राप्तीसोनारीबासी लगायत समस्त नेपालीजनमा संविधान दिवस २०८० को अवसरमा अध्यक्ष पौडेलले शुभकामना दिएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्