एनआरएनए अध्यक्षका उम्मेद्वार श्रेष्ठले जापानका एनआरएनसँग मिट एन्ड ग्रिट कार्यक्रम गर्दै

बुधबार, असोज ३, २०८०

काठमाडौं । गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले नेपाली समुदायसँग अन्तर्कृया गर्ने भएका छन ।

३० वर्षदेखि जापानलाई कर्मथलो बनाएका एनआरएनएका उपाध्यक्षसमेत रहेका श्रेष्ठले जापानका नेपाली समुदायबाट अन्तर्कृयाको सुरुवात गर्ने भएका छन ।

गत शुक्रबार औपचारिक रुपमा काठमाडौंमा उम्मेद्बारी घोषणा गरेपछि विश्वका बिभिन्न देशका नेपालीहरुसँग भेट्घाट र अन्तर्कृया गर्ने हेतुले श्रेष्ठले कर्मथलो जापानबाट त्यसको सुरुवात गर्न लागेको बताएका छन । 

समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी अभियान सुरु गरेका श्रेष्ठले जापानमा भएका नेपालीहरुको एनआरएनए आइसिसी र यस् अभियानको सुधारका लागि सुझाब संकलन गर्ने भएका छन ।

उनले  आजदेखि जापानका विभिन्न शहरबाट टोकियोको सिन्होकुवोमा भेला भएका नेपाली समुदायका अग्रज र एनआरएनएसँग राय परामर्श लिएर बिदेश भ्रमण सुरु गर्ने भएका हुन।

श्रेष्ठले एनआरएनएको आगामी कदममा साथ र समर्थनका लागि जापानबासी नेपाली समुदायलाई अनुरोध गरेका छन ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्