६७० जनालाई कैद माफी मिनाह

मंगलबार, असोज २, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।संविधान दिवसका अवसरमा ६७० जनाले कैद  माफी मिनाह पाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा ६७० जनाको कैद माफी मिनाहा भएको हो ।

मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा अनुसार राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्