शेखर कोइरालाले बोलाए संस्थापन इतरको बैठक

सोमबार, असोज १, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले  कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहको छुट्टै बैठक बोलाएका छन्। 

नेता कोइरालाले १४औँ महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठक बोलाएका हुन् ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि गत साउन २ गते बैठक बसेको थियो । 

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न नेता कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्