नारायणीमा डुबेर सहोदर दाजुभाइको मृत्यु

सोमबार, असोज १, २०८०
Neuro hospital Nepalgunj

गैंडाकोट । नारायणीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ।

नारायणी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर नवलपरासीको गैंडाकोट नगरपालिका- ७ गैरीका एकै घरका दाजुभाइको मृत्यु भएको इलाका प्रहरी गैंडाकोटका इन्चार्ज इन्स्पेक्टर हस्तबहादुर सुनारले जानकारी दिएका छन् ।

इन्स्पेक्टर सुनारका अनुसार मृत्यु हुनेमा सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन् ।

नदीमा डुबेर अचेत रहेका दाजुभाइलाई नारायणीबाट   निकालेर उपचारका लागि अस्पताल पुर्याएपनी चिकित्सकले मृत घोषित गरेका थिए। 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्