सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आम सर्वसाधारण र सरोकारवाला सबैलाई सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।
ती १०३ प्रकारका एन्टिबायोटिक औषधीलाई औषधी व्यवस्था विभागले प्रयोग नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए ।
ती एन्टिबायोटिकलाई समेत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि प्रयोगका लागि सिफारिस नगरेको हुँदा पनि ती एन्टिबायोटिक औषधीको प्रयोग गर्न औचित्य नभएकोसमेत महानिर्देशक ढकालले बताए।
यी हुन ती १०३ प्रकारका एन्टिबायोटिक-के भनेको छ विभागले? जुम गरेर हेर्नुहोस् !