नेपाल टेलिकमका अधिकृत दिलीप सुवेदी ३ दिनदेखि सम्पर्कविहीन

सोमबार, असोज १, २०८०

झापा। तीन दिनदेखि नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भेपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् । 

कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन् । 

दिलीपको खोजीकार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि उनी श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन्। 

ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन् । 

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्