सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा, गौतम मानव श्रोतमा

सोमबार, असोज १, २०८०

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । 

मन्त्रिपरिषद् बैठकले एआईजी चन्द्रप्रकाश गौतम, बंशी दाहाल र नारायणदत्त पौडेलको सरुवा गरेको हो। 

कार्य विभागका एआईजी गौतमलाई मानव स्रोत, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ ।  

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्