एसिया कप फाइनल: श्रीलंकाले १३ रनमै ६ विकेट गुमायो

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । १६ औं एसिया कप क्रिकेटको फाइनल  उपाधिका लागि भारतविरुद्द ब्याटिङ  गरिरहेको श्रीलंकाले इतिहासकै खराब ब्याटिङ गरेको छ।

श्रीलंकाले १३ रनमै ७ विकेट गुमाइसकेको छ। ६ विकेट पश्चात् श्रीलंकाका  कुशल मेन्डिस नट आउट रहदै  २७ बलमा १६ रन बनाएका छन् । अरु कसैले दोहोरो अंक नै बनाउन सकेनन् । 

भारतका बलरमोहम्मद  सिराजले ५ विकेट र जसपृत बुम्राहले १ विकेट लिएका छन् ।

दुवै टिम ८ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिड्दै छन् । यसअघि भएका ७ आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्