सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आम जनता पार्टीले भन्सार विभागको कार्यालय घेराउ गरेको छ।
प्रभु साह नेतृत्वको आम जनताले त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गर्दै सरकारी कर्मचारीबाट राजस्वमा गरिने भ्रष्टाचार बन्द गर्न माग आज भन्सार विभाग घेराउ गरेको हो ।
आम जनताले कुपण्डोल पुलबाट सुरु गरेको र्याली विभागको कार्यालयमा पुगेर घेराउ गर्दै विभागका महानिर्देशकमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
घेराउ कार्यक्रममा आम जनताका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।