बेचबिखनमामा परेका १ हजार ६७९ जनाको उद्दार

आइतबार, भदौ ३१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६७९ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो ।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ ।

ब्यूरोकै पहलमा ५४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६०५ पाँच पुरुष रहेका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै आव २०७९/८० मा ३३६ जनाको उद्धार गरिएको थियो ।

वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए । रासस।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्