बाँकेको राप्तीसोनारीस्थित ढकेरीमा माइन विस्फोट

आइतबार, भदौ ३१, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा पर्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा शक्तिशाली विस्फोट भएको छ ।

ढकेरीदेखि २ किलोमिटर पूर्व राजमार्गको किनारमा विस्फोट भएको हो । विस्फोट कसले गराएको हो भन्ने यकिन नभएको बाँके प्रहरीले जनाएको छ ।

यद्यपि प्रारम्भिक अनुसन्धानबाट द्वन्दकालीन माइन विस्फोट भएको हुन सक्ने अनुमान छ । विस्फोटबाट राजमार्ग उप्किनुका साथै किनारमा खाल्डो परेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

घटनास्थलमा चुना जस्तो धुलो र खिया लागेको तारको टुक्रा भेटिएको छ । विस्फोटबाट अन्य क्षती भएको छैन । विस्फोट भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्