"कांग्रेसले प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो"

आइतबार, भदौ ३१, २०८०
Neuro hospital Nepalgunj

चितवन । बर्तमान गठबन्धन सरकारमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको कांग्रेस नेता डा. शशांक कोइरालाले बताएका छन् । 

नेपाली कांग्रेसका पूर्व महामन्त्री कोइरालाले आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। बताएका हुन् ।

आफ्नो दृष्टिकोणबाट अहिलेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ५ वर्षसम्म जान सक्ने आफुलाई त्यस्तो लागेको कोइरालाले बताए। 

सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको नेता कोइरालाले भने । कोइरालाले  पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने बताए।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ । 

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे । सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने समेत बताए । 

"कांग्रेस कांग्रेस पुरानो र सबैभन्दा ठुलो दल भएकाले  सकेसम्म कांग्रेस एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने। "आफ्नो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुनुपर्ने थियो" कोइरालाले भने।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्