एसिया कप: उपाधिका लागि आज श्रीलंका र भारत भिड्दै

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । १६ औं एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ।  फाइनलमा उपाधिका लागि भारत र श्रीलंका भिड्दै छन् । 

आजको फाइनल खेल श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा दिउँसो ३ः१५ बजे हुँदैछ।

आजको यो फाइनल खेल दुवै टिमका लागि निकै नै चुनौतीपूर्ण रहेको छ । श्रीलंकाको आफ्नै गृह मैदानमा हुन लागेको फाइनल खेलमा श्रीलंका यसपटक पनि लगातार जीत निकाल्न चाहान्छ भने भारतले ५ वर्षको उपाधि खडेरी चिर्ने प्रयास गर्नेछ 

दुवै टिम ८ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिड्दै छन् । यसअघि भएका ७ आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्